नियम ३६
भुक्तानी म्याद दिने
(१) शेयर बिक्री नियम बमोजिम निश्चित समयमा भुक्तानी गर्नु पर्ने शेयरको चुक्ता हुन बा“की रकमहरू वापत सो शेयर लिने व्यक्तिहरूलाई समितिले आफूले उपयुक्त देखेबमोजिम समय समयमा भुक्ताना म्याद दिन सक्नेछ ।
तर पछिल्लो भुक्तानी म्यादको रकम तिर्ने मितिले एक महिनाभित्र अर्को रकम तिर्नुपर्ने गरी भुक्तानी म्यादको सूचना निकाल्नु हुँदैन ।
(२) उपनियम (१) बमोजिम सूचना पाएमा प्रत्येक शेयरहोल्डर वा ऋणदाताले समितिबाट तोकिदिएको समय र स्थानमा तोकिएको व्यक्ति छेउ भुक्तानी गर्नु पर्छ ।